प्रचण्डविरुद्ध सर्वोच्चको मुद्दा इमोसन्ल ब्ल्याकमेल भएको पूर्व मन्त्री चौधरीको टिप्पणी - Chaitanya News
  • 2026-07-05
  • 09:33:24
  • आइतबार,आषाढ २१, २०८३
  • प्रचण्डविरुद्ध सर्वोच्चको मुद्दा इमोसन्ल ब्ल्याकमेल भएको पूर्व मन्त्री चौधरीको टिप्पणी

    प्रचण्डविरुद्ध सर्वोच्चको मुद्दा इमोसन्ल ब्ल्याकमेल भएको पूर्व मन्त्री चौधरीको टिप्पणी

    काठमाडौँ– नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवं पूर्व मन्त्री मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको सर्वोच्च अदालतमा दायर गरेको रिट इमोसन्ल ब्ल्याकमेल मात्रै भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै चौधरीले राष्ट्रपतिको चुनाव अघि गरिएको प्रोक्सि वार भएको बताएका छन्।

    तत्कालीन सरकार र संयुक्त राष्ट्र संघको रोहबरमा टुंगोमा लगाएको विषयमा अनावश्यक रूपमा नछाल्न चौधरीले आग्रह गरे। शान्ति प्रक्रियाका बाँकी काम समेत केही दिनभित्रै टुंगोमा पु¥याइने बताए। सर्वोच्चको रिटलाई लिएर अनावश्यक त्रसित र खुसी जरुरी नरहेको बताए।