पार्टीको बैठकअघि रवि पुगे बालुवाटार , प्रधानमन्त्रीसँग एक घण्टा छलफल - Chaitanya News
  • 2026-05-14
  • 12:01:47
  • बिहिबार,बैशाख ३१, २०८३
  • पार्टीको बैठकअघि रवि पुगे बालुवाटार , प्रधानमन्त्रीसँग एक घण्टा छलफल

    पार्टीको बैठकअघि रवि पुगे बालुवाटार , प्रधानमन्त्रीसँग एक घण्टा छलफल

    काठमाडौं-  गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्।

    सरकारबाट बाहिरिने वा रहने भन्ने विषयमा निर्णय गर्न नसकिरहेको रास्वपाको बैठक बस्नुअघि सभापति लामिछानेले बिहानै बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन्।

    प्रधानमन्त्री प्रचण्डसँग लामिछानेले एक घण्टा छलफल गरेका छन्। प्रधानमन्त्री भेट्न आइतबार बिहान ७ बजे रवि बालुवाटार पुगेका थिए। उनी बिहान ८ बजे निस्किए।

    रवि निस्किएपछि जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत बालुवाटार पुगेका थिए। दुवै भेट एक्लाएक्लै भएको स्रोतले जनाएको छ।

    राष्ट्रिय जनमत पार्टी पनि आफूले मागेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएपछि असन्तुष्ट छ।