माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै - Chaitanya News
  • 2026-05-01
  • 10:40:29
  • शुक्रबार,बैशाख १८, २०८३
  • माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

    माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

    काठमाडौँ- सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज (बिहीबार) बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक बस्ने पार्टी महासचिव देव गुरुङले जानकारी दिएका छन् ।

    आजको बैठकमा नेताको जिम्मेवारी बाँडफाँट टुङ्गो लगाउने पार्टीको तयारी छ । यसअघि मंगलबार बसेको पदाधिकारी बैठकले नेताको जिम्मेवारी बाँडफाँटको जिम्मा अध्यक्ष, उपाध्यक्षलाई दिने निर्णय गरेको थियो ।

    कार्य विभाजनसँगै बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ । राष्ट्रपति पदको निर्वाचन, गृह मन्त्रालयको नेतृत्वलगायत विषय सत्ता गठबन्धनमा देखिएको विवाद र समाधानबारे पनि छलफल हुने नेताहरूले बताएका छन् ।