चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 275 of 1152
  • 2026-11-21
  • 12:53:16
  • शनिबार,मंसिर ०६, २०८३

About Author

आज दिउँसो यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह

काठमाडौँ– आज दिउँसो कोशीदेखि लुम्बिनी प्रदेशसम्म हावाहुरी चल्ने सम्भावना भएकाले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्। जल तथा मौसम विज्ञान विभागले आज बिहान सूचना जारी गर्दै हावाहुरीले छाना उडाउने, रुख र पोल ढल्ने जोखिम हुने भएकाले सतर्क रहन विभागले आग्रह गरेको हो। विभागका अनुसार कोशी प्रदेशको झापा र मोरङ सहित आसपासका जिल्ला र मधेश प्रदेशको बारा, पर्सा, सर्लाही र धनुषा सहित आसपासका जिल्लामा हावाहुरी चल्नेछ। यसैगरी, बागमती प्रदेशमा मकवानपुर र चितवन सहित आसपासका जिल्ला गण्डकी प्रदेशमा नवलपुर र तनहुँसहित आसपासका जिल्ला र लुम्बिनी प्रदेशको रुपन्देहीसहित आसपासका जिल्लामा हावाहुरी चल्ने सम्भावना रहेको छ।

News by आज दिउँसो यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह :