चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 362 of 1156
  • 2026-11-24
  • 02:43:01
  • सोमबार,मंसिर ०८, २०८३

About Author

७२ जना अधिकृत पदमा बढुवा सिफारिस, हेर्नुहोस् सूचना

काठमाडौँ– ७२ जना कर्मचारीलाई अधिकृत पदमा बढुवा सिफारिस गरिएको छ। आज (बुधबार) बढुवा समितिको सचिवालयले ७२ जना कर्मचारीलाई अधिकृत पदमा बढुवा सिफारिस गरेको हो । आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचनामार्फत रिक्त रहेका अधिकृत पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरिएको जनाएको छ। बढुवा समितिको हिजो (मंगलबार)को निर्णयअनुसार नेपाल विविध सेवा, महिला विकाश अधिकृत (राजपत्रांकित तृतीय श्रेणी) अन्तर्गत एक जना, नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, (राजपत्रांकित तृतीय श्रेणी) अन्तर्गत ५५ जना र नेपाल प्रशासन सेवा, राजस्व समूह, (राजपत्रांकित तृतीय श्रेणी) अन्तर्गत १६ जनालाई अधिकृत पदमा बढुवा सिफारिस गरिएको हो। यस्तै, नेपाल विविध सेवा, रेखा विशेषज्ञ, (राजपत्रांकित तृतीय श्रेणी)अन्तर्गत भने कुनै पनि उम्मेदवारको दरखास्त परेको छैन।  

News by ७२ जना अधिकृत पदमा बढुवा सिफारिस, हेर्नुहोस् सूचना :