चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1105 of 1115
  • 2026-10-14
  • 21:02:43
  • बुधबार,आश्विन २८, २०८३

About Author

फुटबल जिम्मा लिनेहरु गम्भीर हुनुपर्‍यो : प्रशिक्षक केसी

काठमाडौं– नेपाली राष्ट्रिय यु–२० फुटबल टिमका मुख्य प्रशिक्षक मेघराज केसीले खेलाडी पलायनबारे फुटबलको जिम्मा लिनेहरु गम्भीर हुनुपर्ने बताएका छन्। खेलाडी विदेश पलायन हुनु फुटबल प्रेमीहरुलाई त यतिको दुःखद बनेको छ भने हामी यसैमा काम गरिरहेको खेलाडी उत्पादनमा लागेको मान्छेलाई दुःख लाग्नु स्वभाविक हो। तर, फुुटबलको जिम्मा लिनुभएका व्यक्तिहरुले यसबारे गम्भीर भएर सोचे पक्कै समाधान निस्किएला’, उनले भने। फुटबल विकासमा लागेका व्यक्तिहरुले फुटबलको वार्षिक क्यालेन्डर निकालेर खेलाडहिरुलाई वर्षभरी खेलिरहने र आयआर्जन गर्नसक्ने वातावारण सृजना गरिदन सके खेलाडी पलायन रोकिने उनको बुझाइ छ। ‘हाम्रो तर्फबाट राम्रो प्रशिक्षण दिने खेलाडीलाई मोटिभेसन दिन काम गरिरहेका छौं। मुख्य कुरा जिम्मेवार व्यक्तिहरुले फुटबलको वार्षिक कार्य योजना दिन सक्यो र खेलाडीहरुले नेपालमै रहेर खेलिरहन पाउने र खेलेर केही आय आर्जन गर्नसक्ने अवस्था भयो भने खेलाडी पलायन रोकिएला’, उनले थपे।  

News by फुटबल जिम्मा लिनेहरु गम्भीर हुनुपर्‍यो : प्रशिक्षक केसी :