चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1099 of 1116
  • 2026-10-16
  • 22:31:15
  • शुक्रबार,आश्विन ३०, २०८३

About Author

राधी विद्युतले १४७ प्रतिशत हकप्रद सेयर जारी गर्दै

काठमाडौँ– राधी विद्युत कम्पनीले १४७ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। उक्त सेयर जारी गर्न कम्पनीले बुकक्लोज मिति तय गरेको हो। कम्पनीले हकप्रद सेयर जारी गर्नको लागि भदौ १२ गते बुक क्लोज गर्ने भएको छ। यस अनुसार भदौ ११ गतेसम्म कायम सेयरधनीले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्। कम्पनीले ९५ लाख ३५ हजार ७६०.९९ हजार कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले १ः१४७५२ अनुपातमा ९५ करोड ३५ लाख ७६ हजार ९०० रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो। यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ। हाल राधीको चुक्ता पुँजी ६४ करोड ६४ लाख रुपैयाँ भन्दा बढी रहेको छ । हकप्रद बिक्रीपछि पुँजी करिब १ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ।

News by राधी विद्युतले १४७ प्रतिशत हकप्रद सेयर जारी गर्दै :