चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1107 of 1114
  • 2026-10-13
  • 12:17:38
  • मंगलबार,आश्विन २७, २०८३

About Author

कांग्रेस सांसदको प्रश्न : एम अधिकारी को हुन? राष्ट्र बैंकका गभर्नर वा कुनै कृषक?

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसका सांसद अतहर कमाल मुसलमानले एम अधिकारीको पहिचान सदनले अझै गर्न नसकेको भन्दै आपत्ति जनाएका छन्। सांसद मुसलमानले सदनमा पटकपटक उठेको एम अधिकारी को हुन? भन्ने विषय आम जनताको पनि सरोकारको विषयमा भएकाले त्यसको तत्काल पहिचान गर्न जरुरी रहेको उनले बताए। मंगलबार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै उनले भने, ‘एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर हुन वा होइनन्? भन्ने कुरा आम जनताको पनि सरोकारको विषय भएकाले त्यसको पहिचान गर्न संसदले ढिलाई गर्न हुँदैन। संसदमा पटक पटक उठेको विषय भएको भन्दै एम अधिकारी पहिचान हुनुपर्ने उनले बताए। ‘यो सदन भित्र पटक पटक उठेको एम अधिकारीलाई हामीले पहिचान गर्न सकेनौं। के हामी घर जाँदाजाँदा एम अधिकारीको पहिचान गर्न सक्छौं सांसद मुसलमानले ‘किनभने सदनमा पटक पटक उठेको विषयमा हामीले गएर जनताको बीचमा के जवाफ दिने हो? एम अधिकारी को हुन? महाप्रसाद अधिकारी हुन कि, माधव अधिकारी हुन? कहाँका बासिन्दा हुन। राष्ट्र बैंकका गभर्नर हुन वा कुनै कृषक हुन? यसको जानकारी प्राप्त भयो भने सायद हामी जनताको माझमा जाँदाखेरी सदनमा हामीले एउटा व्यक्तिको पहिचान गर्न सक्यौं भनेर भन्ने थियौं।

News by कांग्रेस सांसदको प्रश्न : एम अधिकारी को हुन? राष्ट्र बैंकका गभर्नर वा कुनै कृषक? :