चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1066 of 1115
  • 2026-10-15
  • 07:17:10
  • बिहिबार,आश्विन २९, २०८३

About Author

पोखरा विश्वविद्यालयले नयाँ कार्यक्रमको सम्बन्धन दिने

काठमाडौं- पोखरा विश्वविद्यालयले नयाँ शैक्षिक संस्थाको सम्बन्धनका लागि दरखास्त आह्वान गरेको छ। विश्वविद्यालयले भदौ २९ गतेको कार्यकारी परिषद्को निर्णयअनुसार नयाँ शैक्षिक संस्थाको सम्बन्धन तथा सम्बन्धान प्राप्त गरेका कलेजको कार्यक्रम विस्तारका लागि दरखास्त आह्वान गर्ने निर्णय गरेसँगै विश्वविद्यालयले आवेदन खुलाएको हो। विश्वविद्यालयले नयाँ शैक्षिक संस्थाको सम्बन्धन तथा सम्बन्धान प्राप्त कलेजहरूको कार्यक्रम थप, समूह थप र विद्यार्थी सिट संख्या थपका लागि आवेदन माग गरेको छ। विश्वविद्यालयको साउन १४ मा सम्पन्न २२ औं साधारण सभाको बैठकले विश्वविद्यालयबाट सम्बन्ध प्राप्त गरेका कलेजहरूको विशिष्टीकरण तथा कार्यक्रम प्रतिस्थापनको कार्य सम्बन्धि महाविद्यालय, कलेजहरुलाई स्वैच्छिक अवसर दिई सोको प्रक्रिया अगाडि बढाउन स्विकृति दिने निर्णय गरेको हो। विश्वविद्यालयले मुलकभर २० वटा संस्थालाई स्विकृति दिने जनाएको छ। आवेदन दिन इच्छुक संस्थाले कात्तिक २ गतेसम्म साधारण कार्यक्रमको लागि ४ लाख र प्राविधिक कार्यक्रमको लागि प्रति कार्यक्रम ६ लाख रुपैयाँ आवेदन शुल्क निर्धारण गरेको छ। यस्तै सम्बन्धन प्राप्त गरेका कलेजको कार्यक्रम थप, समूह थप र विद्यार्थी सिट संख्या थपका लागि भदौ ३० गतेदेखि कार्तिक ९ गतेसम्ममा साधारणतर्फ तीन लाख र प्राविधिकतर्फ प्रति कार्यक्रम ४ लाख ५० हजार, विद्यार्थी कोटा थपका लागि १ लाख ५० हजार र प्राविधिकतर्फ १ लाख ८० हजार दस्तुर तिरेर आवेदन दिन सक्ने विश्वविद्यालयले जनाएको छ।

News by पोखरा विश्वविद्यालयले नयाँ कार्यक्रमको सम्बन्धन दिने :