चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 731 of 1156
  • 2026-11-24
  • 05:01:30
  • सोमबार,मंसिर ०८, २०८३

About Author

संवैधानिक परिषद्‌को बैठक बस्दै, होला त आज नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस ?

काठमाडौं- संवैधानिक परिषद्को बैठक बिहीबार बस्दैछ। बैठक आज साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ। गत मंगलबार बसेकाे बैठक निष्कर्षविहीन बनेपछि आज पुन: बैठक बस्न लागेकाे हाे। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका अनुसार उक्त बैठकमा भावी प्रधानन्यायाधीशको नामसमेत प्रस्ताव भएकाे थिएन। आजको बैठकमा प्रधानन्यायाधीशसहित अन्य संवैधानिक पदमा नियुक्तिबारे छलफल हुने अध्यक्ष तिमिल्सिनाले जानकारी दिए।अब आजको बैठकबाट नयाँ प्रधानन्यायाधीश सिफारिस हुने अपेक्षा गरिएको छ। प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदैछ । प्रधानन्यायाधीशको कार्यकाल सकिनु एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ। आज बस्ने ‍बैठकले वरीयताक्रममा अगाडि रहेका विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने सम्भावना छ। २०७८ फागुन १ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निलम्बनमा परेसँगै न्यायाधीश दीपककुमार कार्कीले कायममुकायम लिएका थिए। उनले करिब ८ महिना कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेपछि अवकाश लिएका थिए। त्यसपश्चात् न्यायाधीश हरिकृष्ण कार्कीले कामु प्रधानन्यायाधीको जिम्मेवारी सम्हाल्दै आइरहेका छन्। प्रधानमन्त्री अध्यक्ष हुने संवैधानिक परिषद्‌मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहन्छन्। संवैधानिक परिषद्ले गरेको सिफारिसका आधारमा संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। प्रतिनिधिसभामा निवर्तमान प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरमाथि महाभियोग प्रस्ताव दर्ता भएपछि गत वर्षको १ फागुनदेखि नै न्यायालय कायममुकायम प्रधानन्यायाधीशको भरमा छ।  

News by संवैधानिक परिषद्‌को बैठक बस्दै, होला त आज नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस ? :