चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 919 of 1152
  • 2026-11-22
  • 09:15:13
  • आइतबार,मंसिर ०७, २०८३

About Author

१० दलका बैठक बस्दै, उपराष्ट्रपतिका विषयमा छलफल हुने

काठमाडौं- उपराष्ट्रपतिका विषयमा सहमति खोज्न सत्ता गठबन्धनमा आबद्ध १० दलका नेताको बैठक आज पनि बस्ने भएको छ। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक बिनानिष्कर्ष टुंगिएपछि बैठक आज पनि बस्ने भएको हो। आज पनि बालुवाटारमै बस्ने बैठकमा उपराष्ट्रपति निर्वाचनका बारेमा छलफल हुनेछ। बुधबारको बैठकमा पनि यही विषयमा छलफल भएको नेकपा (माओवादी केन्द्र)का नेता शक्ति बस्नेतले बताए। बुधबारको बैठकपछि उनले सञ्चारकर्मीसँग भनेका थिए, 'उपराष्ट्रपति निर्वाचनको लागि १० दलको बीचमा समझदारी कायम गर्ने बारेमा छलफल भएको थियो । छलफल सकारात्मक भएको छ । भोलि (आज) यो विषयमा बसेर एउटा निर्णय हुनेछ । आवश्यकताअनुसार बैठक बस्नेछ । बाँकी विषयमा पनि सामान्य छलफल सुरु भएको छ।' उपराष्ट्रपतिका लागि गठबन्धनभित्रैबाट तीनसहित चार उमेदवार प्रतिस्पर्धामा छन्। भोलि हुने उपराष्ट्रपति निर्वाचनका लागि तीनमध्ये गठबन्धनका साझा उमेदवार को भन्ने विषयमा सहमति जुटाउन नेताहरू लागिपरेका हुन्।

News by १० दलका बैठक बस्दै, उपराष्ट्रपतिका विषयमा छलफल हुने :