चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 410 of 1153
  • 2026-11-23
  • 02:32:01
  • आइतबार,मंसिर ०७, २०८३

About Author

‘सुकुमवासी व्यवस्थापन र विराटनगर विकासलाई प्राथमिकता’

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता र मोरङ क्षेत्र नं. ६ प्रतिनिधि सभा उम्मेदवार शेखर कोइरालाले सुकुमवासी समुदायको दीर्घकालीन व्यवस्थापनमा ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। विराटनगर वडा नं. ६ द्वारा आयोजित चुनावी सभामा सम्बोधन गर्दै कोइरालाले सुकुमवासी बस्तीका चुनौतीहरूलाई प्राथमिकतामा राखेको स्पष्ट पारेका छन्। उनले आयोगका सदस्यसँग प्रारम्भिक छलफल गरिसकेको जानकारी दिँदै, छिट्टै आयोगका प्रतिनिधिहरू स्वयं बस्तीमै पुगेर स्थानीय समस्याहरू सुन्ने व्यवस्था गरिने बताए। कोइरालाले सुकुमवासीलाई कानुनी अधिकारसहित स्थायी बसोबास सुनिश्चित गर्न आवश्यक प्रक्रिया अघि बढाइने दाबी पनि गरे। यसैगरी, विराटनगर चक्रपथ ९रिङरोड० निर्माणलाई अर्को महत्वपूर्ण एजेन्डा बनाउँदै उनले, सडक निर्माण नहुँदा शहरको विकास अपेक्षित गतिमा अगाडि नबढेको बताएका छन्। आफ्नो निर्वाचित भए चक्रपथ निर्माणलाई प्राथमिकतामा राखेर आवश्यक बजेट र समन्वय जुटाउने प्रतिबद्धता उनले व्यक्त गरे। वडा नं। ६ भित्रको कालोपत्रे सडक निर्माणको विषयमा उनले ठेक्का लागिसकेको भए पनि ठेकेदार फरार हुँदा काम रोकिएको र निर्वाचनपछिको समयमा पुनस् कार्यान्वयनका लागि पहल गरिने आश्वासन पनि दिएका छन्। साथै, सो क्षेत्रमा अस्पताल स्थापना गर्ने योजना अघि बढाइरहेको जानकारी दिँदै, करिब दुई वर्षअघि जग्गा छुट्याइएको उक्त परियोजनालाई कार्यान्वयन चरणमा लैजानुपर्ने आवश्यकतामा कोइरालाले जोड दिएका छन्। स्थानीय बासिन्दालाई आधारभूत स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन अस्पताल अत्यन्त जरुरी रहेको उनको भनाइ थियो।

News by ‘सुकुमवासी व्यवस्थापन र विराटनगर विकासलाई प्राथमिकता’ :