चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 821 of 1153
  • 2026-11-22
  • 23:58:44
  • आइतबार,मंसिर ०७, २०८३

About Author

एमालेको अवरोधले नीति कार्यक्रममाथिको छलफल प्रभावित

काठमाडौँ – पशुपतिनाथको जलहरीलाई लिएर सत्तारुढ माओवादी केन्द्रका एक सांसदले प्रश्न उठाएपछि प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रभावित भएको छ । नीति कार्यक्रम पारित गर्ने तयारीमा रहेको बेला एमालेको अवरोधका कारण शुक्रबार बैठक नै बस्न सकेन । शुक्रबारको बैठकमा नीति कार्यक्रममाथि बोल्न बाँकी सांसदको धारणा सुनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची थियो । शुक्रबार एमालेको अवरोधले चल्न नसकेको बैठक आज अपराह्न ४ बजे बोलाइएको छ । पशुपतिनाथको जलहरी प्रकरणलाई लिएर एमालेले छानबिनमा सघाउन छोडेर संसद् अवरोध गर्नु संसदीय मर्यादा विपरीत रहेको कतिपयको मत छ। संसद् सचिवालयका अनुसार एमालेको अवरोध हटेमा ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले २०८० जेठ ५ गते शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नु भएको सम्बोधनमा उल्लेखित आव २०८०/८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम माथिको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिनुहुने’ सम्भावित कार्यसूची रहनेछ। प्रधानमन्त्रीले जवाफ दिएपछि यही जेठ ५ गते संसदमा पेश भएको नीति तथा कार्यक्रम पारित हुनेछ । राष्ट्रिय सभाबाट यसअघि नै पारित गरिसकिएको छ।

News by एमालेको अवरोधले नीति कार्यक्रममाथिको छलफल प्रभावित :