चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1010 of 1152
  • 2026-11-22
  • 10:23:31
  • आइतबार,मंसिर ०७, २०८३

About Author

कांग्रेस लुम्बिनी दलको नेतामा डिल्ली चौधरी चयन

काठमाडौं-   नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा दाङका डिल्ली चौधरी सर्वसम्मत चयन भएका छन्। दलको नेताका लागि संस्थापन पक्षबाट डिल्ली चौधरी, राजु खनाल, अब्दुल रज्जाक र जन्मजय तिमिल्सिनाले दाबी गरेका थिए । संस्थापनइतरबाट वीरबहादुर राना र निमा गिरी पनि आकांक्षी थिए। तर दाङ क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित चौधरी सर्वसम्मत भएका हुन्। संविधानसभाका सदस्य समेत रहेका उनी पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री छन्। लुम्बिनी प्रदेश सभामा कूल ८७ सिटमध्ये प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी कांग्रेसका २७ जना सांसद छन्। बहुमत सदस्य संस्थापन पक्षका छन्। लुम्बिनी प्रदेश सभामा नेकपा एमाले पहिलो दल हो । उसका २९ सांसद छन्।

News by कांग्रेस लुम्बिनी दलको नेतामा डिल्ली चौधरी चयन :