चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 794 of 1156
  • 2026-11-23
  • 19:55:09
  • सोमबार,मंसिर ०८, २०८३

About Author

साफ च्याम्पियनसिप फुटबलमा नेपाल कुवेतसँग पराजित

काठमाडौं- साफ च्याम्पियनसिप फुटबलको बुधबार भएको उद्घाटन खेलमा नेपाल कुवेतसँग ३-१ गोलले पराजित भएको छ। भारतको बेंगलुरुस्थित श्री कान्तिरेभा रंगशालामा सम्पन्न खेलमा कुवेतलाई जित दिलाउन खलिद हाजिया, सबाइब अलखाल्दी र मोहम्मद अब्दुल्लाहले एक–एक गोल गरे। नेपालका लागि अञ्जन विष्टले एक गोल फर्काएका थिए। खेलको अधिकांश समय बलमाथि नियन्त्रण बनाएको कुवेतका लागि कप्तान खलिद हाजियाले गोल गर्दै अग्रता दिलाएका थिए। २३औं मिनेटमा फवाज अलोटाइबीले प्रहार गरेको कर्नरबाट आएको बलमा कप्तान हाजियाले हेडमार्फत गोल गरेका थिए। ४१औं मिनेटमा कुवेतका सबाइब अलखाल्दीले गोल गर्दै कुवेतको अग्रता दोब्बर पारेका थिए। अलखाल्दीले बायाँतर्फबाट आएको लोअर क्रसलाई नियन्त्रणमा लिँदै नेपाली टिमबाट रक्षापंक्तिमा रहेका विमल पाण्डेको चुनौतीलाई सहजै बिट गर्दै कुवेतका लागि दोस्रो गोल गरेका हुन्। ६५औं मिनेटमा मोहम्मद अब्दुल्लाहले पेनाल्टीमार्फत गोल गर्दै कुवेतलाई ३–० सहज स्थितिमा पुर्‍याएका थिए। ६८औं मिनेटमा अञ्जन विष्टले गोल गर्दै नेपालका लागि एक गोल जोडेका थिए। लाई खेलमा फर्किने आश दिलाएका थिए।

News by साफ च्याम्पियनसिप फुटबलमा नेपाल कुवेतसँग पराजित :