चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1094 of 1107
  • 2026-10-07
  • 21:14:47
  • बुधबार,आश्विन २१, २०८३

About Author

फोहोरको विषयमा राजनीति गर्नेलाई कारबाही गरौँ : महामन्त्री गगन थापा

काठमाडौं– नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आफ्नो तत्कालको स्वार्थका लागि फोहोरको विषयमा राजनीति गर्नेहरूलाई कारबाही गर्नुपर्ने बताएका छन्। ललितपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै काठमाडौँका सांसदसमेत रहेका थापाले फोहोरको समस्या समाधान गर्न काठमाडौँ महानगरलाई सहयोग गर्नु सबैको कर्तव्य भएको बताएका हुन्। उनले भने, ‘काठमाडौँको फोहोरको समस्या समाधान गर्नका लागि सबै सरोकारवालाहरूले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्छ। कसैले तत्कालको फाइदाको लागि असहयोग गर्छ वा राजनीति गर्न खोज्छ भने त्यो मान्छेलाई सार्वजनिक गर्नुपर्छ। जनताको स्वास्थ्यमाथि खेलबाड गर्नेलाई कारबाही गर्नुपर्छ। थापाले फोहोरको समस्या समाधान गर्नका लागि सबैजना पहिले एक ठाउँमा आएर छलफल गर्नुपर्ने पनि बताए । यसका लागि संघको सहरी विकास मन्त्रालयले पहल गर्नुपर्ने उनको भनाई थियो। थापाले फोहोरको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटेर कुरा राख्ने तयारी भइरहेको उनले जानकारी दिए। ‘सहरी विकास मन्त्रीसँग पनि हामीले समय मागेका थियौँ । उहाँ दाङमा हुनुहुँदो रहेछ। भोलि आउँछु भन्नुभएको छ। थापाले फोहोरको समस्या समाधान गर्नका लागि अनुगमन र सहजीकरणको बलियो संयन्त्र बनाउन पनि प्रस्ताव गरेका छन्। उनले भने, ‘संयन्त्रमा काठमाडौँ र धादिङका सांसद राखौँ । कहीँ अप्ठ्यारो भयो भने गाँठो फकाउने काम गरौँ । दबाब दिन पर्यो भने दबाब दिऔँ । नत्र सङ्कट परेको बेला तत्काल सम्झौता मात्र हुन्छ । काम अघि बढ्दैन।’

News by फोहोरको विषयमा राजनीति गर्नेलाई कारबाही गरौँ : महामन्त्री गगन थापा :