चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1078 of 1109
  • 2026-10-09
  • 00:43:20
  • बिहिबार,आश्विन २२, २०८३

About Author

स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने प्रहरी हवल्दारलाई कारबाहीको माग

मुगु — मुगुका स्वास्थ्यकर्मीहरूले जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने प्रहरी हवल्दारलाई कारबाहीको माग गरेका छन्। राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ जिल्ला कार्यसमिति मुगु र जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुले प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मी प्रकाश भण्डारीमाथि कुटपिटको घटनाको विरोध गरेका हुन्। गत भदौ १४ गते राति ९ बजेतिर आफ्नो ड्युटीमा खटिएका ल्याब टेक्निसियन प्रकाश भण्डारीलाई कुटपिट गरी घाइते बनाउने प्रहरी हवल्दार शिवदत्त न्यौपानलाई कडा कारबाहीको माग गरिएको छ। विगत दुई वर्षदेखि अस्पतालको सुरक्षार्थमा खटिएका हवल्दार न्यौपानेले स्वास्थ्यकर्मीलाई नै कुटपिट गरेपछि त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुले त्रसित भएको बताएका छन्। स्वास्थ्यकर्मीमाथि हातपात गर्ने प्रहरी हवल्दार न्यौपानेलाई जिल्ला प्रहरी कार्यालयमा झिकाएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुवास हमालले जनाए। यस्तै हवल्दार न्यौपानेमाथि कारबाहीको जानकारी आफूहरूलाई जिल्ला प्रहरी कार्यालयले दिनुपर्ने पनि स्वास्थ्यकर्मीहरूको माग छ।

News by स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने प्रहरी हवल्दारलाई कारबाहीको माग :