चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 696 of 1160
  • 2026-11-26
  • 00:18:24
  • बुधबार,मंसिर १०, २०८३

About Author

नेपाली जनसम्पर्क समिति अमेरिकाद्वारा बिपी साहित्य महोत्सव सफलताको शुभकामना

काठमाडौं- नेपाली जनसम्पर्क समिति अमेरिकाले 'प्रथम बिपी साहित्य महोत्सव' सफलताको शुभकामना व्यक्त गरेको छ। जनसम्पर्क समितिका सभापति एवम् कांग्रेस पूर्वकेन्द्रीय सदस्य समेत रहेका आनन्द विष्टले एक विज्ञप्ती जारी गर्दै नेपाली कांग्रेसको आयोजनामा आजबाट तीन दिनसम्म सञ्चालन हुने महोत्सवको सफलताको शुभकामना व्यक्त गरेका हुन्। 'कांग्रेसले केन्द्रीय कार्यसमितिले नेपाली राजनीतिका शिखर पुरुष, महामानव विश्वेश्वरप्रसाद कोइरालाको ११०औं जन्मजयन्तीका अवसरमा 'प्रथम बिपी साहित्य महोत्सव' आयोजना गर्ने खवरले हर्षित तुल्याएको छ। आजबाट तीन दिनसम्म (भदौ २४,२५ र २६ गतेसम्म) जारी रहने यो महोत्सव पूर्ण सफलताको लागि शुभकामना व्यक्त गर्दछौं,' विज्ञप्तिमा भनिएको छ। आजबाट कांग्रेस मुख्यालय सानेपामा बिपी साहित्य महोत्सव सुरु भएको छ।

News by नेपाली जनसम्पर्क समिति अमेरिकाद्वारा बिपी साहित्य महोत्सव सफलताको शुभकामना :