चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1052 of 1108
  • 2026-10-08
  • 11:50:33
  • बिहिबार,आश्विन २२, २०८३

About Author

जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

सल्यान– सल्यानको कपुरकोट गाउँपालिका–३ मूलपानीस्थित सडकमा रा १ ज ५६३ नम्बरको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। आफै अनियन्त्रित भई सडकबाट करिब १ सय ५० मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा जिप चालक सोही गाउँपालिका६ जलबाँङ बस्ने २१ वर्षीय जित बहादुर बोहोरा समेत ८ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। साथै दुर्घटनामा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ३५ वर्षीय तिलक ओलीको प्रादेशिक अस्पताल दाङमा उपचार भइरहेको छ। बाँकेको नेपालगन्जबाट सल्यानको रिमतर्फ जाँदै गरेको उक्त जिप दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सल्यान, ईलाका प्रहरी कार्यालय लुहाम र प्रहरी चौकी कपुरकोटबाट खटिएको प्रहरीले मृतक तथा घाइतेको उद्धार गरेको थियो।

News by जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु :