चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1046 of 1110
  • 2026-10-09
  • 14:22:09
  • शुक्रबार,आश्विन २३, २०८३

About Author

राष्ट्रपति भण्डारीले गरिन टीका लगाउन आउँदा मर्यादित पोसाकमा आउन आग्रह

  काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि .(बुधबार) विजया दशमीका दिनमा विशिष्ट व्यक्तिका साथै सर्वसाधरणलाई टीका लगाइदिने भएकी छन्। उनले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रीगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तिलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म टीका लगाइदिने कार्यतालिका छ। राष्ट्रपति कार्यालयको अनुसार उच्च पदस्थको टीका कायक्रमलगतत्तै सर्वसाधरणलाई ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम रहेको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले टीका ग्रहण गर्न शितल निवास आउँदा मर्यादित पोसाकमा उपस्थित हुन पनि अनुरोध गरेका छन्।  

News by राष्ट्रपति भण्डारीले गरिन टीका लगाउन आउँदा मर्यादित पोसाकमा आउन आग्रह :