चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 96 of 1115
  • 2026-10-14
  • 13:23:55
  • बुधबार,आश्विन २८, २०८३

About Author

घरमा ग्यास सकिएपछि कर्मचारीसहितलाई सहुलियतको खाना

काठमाडौँ– खाना पकाउने ग्यासको अभावले दैनिक जीवन प्रभावित भइरहेका बेला चितवन मेडिकल कलेज परिसरस्थित क्यान्टिनले विद्यार्थी, कर्मचारी तथा मजदुरलाई लक्षित गर्दै सहुलियत दरमा खाना खुवाउन थालेको छ । त्यहाँ सञ्चालित फ्राइन्डस रेष्ट्रोले यसअघि रु. १५० मा उपलब्ध गराउँदै आएको सादा खाना अहिले ग्यास अभावका कारण समस्या भोगिरहेका विद्यार्थी, कर्मचारी र मजदुरलगायतलाई रु. १०० मै उपलब्ध गराउन थालेको हो । रेष्ट्रोका सञ्चालक कृष्णप्रसाद ढकालका अनुसार घरमा एउटा मात्र ग्यास सिलिन्डर भएका र सिलिन्डर सकिएपछि तत्कालै अर्को भर्न नपाउने नागरिकलाई लक्षित गरी सहुलियतमा खाना खुवाउने व्यवस्था गरिएको हो । ग्यासको अभावका कारण खाना पकाउनै समस्या भएपछि तत्कालका लागि केही राहत पुगोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको उनले बताए । यसैबीच, ग्यास अभाव व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय चितवनले आवश्यकताका आधारमा ग्यास वितरणलाई व्यवस्थित गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार अत्यावश्यक अवस्थामा रहेका नागरिकलाई वडामा नाम टिपाउन भनिएको छ र प्रशासनले क्लस्टरका आधारमा दैनिक ग्यास बिक्रीको व्यवस्था मिलाएको छ । प्रशासनका अनुसार दैनिक करिब आठ हजार सिलिन्डर क्लस्टरका आधारमा बिक्री भइरहेको छ । प्रशासनको टोल फ्री नम्बरमा सम्पर्क गरी हालसम्म ९९८ जनाले ग्यास लगिसकेका छन् । ग्यास वितरणलाई थप सहज बनाउन आगामी शुक्रबारदेखि केन्द्रीय बसपार्कबाट समेत क्लस्टरका आधारमा ग्यास बिक्री गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए।

News by घरमा ग्यास सकिएपछि कर्मचारीसहितलाई सहुलियतको खाना :