चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1063 of 1106
  • 2026-10-07
  • 13:58:02
  • बुधबार,आश्विन २१, २०८३

About Author

सामाजिक सञ्जालबाट जनतासँग सुझाव माग्दै अध्यक्ष केपी शर्मा ओली

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रविधिमैत्री नेता हुन्। उनी अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा आउने सबैखाले विषयवस्तुहरूप्रति अपडेटेड रहन्छन्। ओलीले आगामी चुनावमा सामाजिक सञ्जाललाई उच्चतम प्रयोग गर्ने संकेत गरेका छन्। एउटा भिडिओ सन्देश जारी गर्दै उनले आफूलाई विविध विषयमा सल्लाह सुझावहरू दिनका लागि आमजनतालाई अपिल गरेका छन्। ओलीले कृषि क्षेत्रमा अघि सार्नुपर्ने नीति तथा योजनाहरूका सम्बन्धमा सुझाव मागेका थिए। त्यसअनुसार आफूलाई धेरै सुझावहरू प्राप्त भएकोमा उनले धन्यवादज्ञापन गरेका छन्। अबका दिनमा अरु क्षेत्रमा पनि आफूले सुझाव माग्ने उनको भनाइ छ। फेसबुकमा कमेन्टहरू नियालिरहेको भिडिओ पोष्ट गर्दै ओलीले भनेका छन्, ‘मलाई आफ्ना महत्वपूर्ण विचार र दृष्टिकोणहरु दिएर सहयोग पुर्‍याउनु हुनेछ भन्ने विश्वास लिएको छु। हामी सम्पर्क र संवादमा रहिरहनेछौं।’

News by सामाजिक सञ्जालबाट जनतासँग सुझाव माग्दै अध्यक्ष केपी शर्मा ओली :