चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 284 of 1152
  • 2026-11-22
  • 09:09:21
  • आइतबार,मंसिर ०७, २०८३

About Author

प्रतिनिधि सभा बैठक बस्दै, के छ छ कार्यसूची ?

काठमाडौँ– आज (बिहीबार) बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दैछ। बैठक सिंहदरबारमा बस्ने सचिवालयले जनाएको छ। आज बस्ने बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री एवम् विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियो भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ। यस्तै, मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसैगरी, अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्। विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने छ। अर्थ मन्त्रीले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

News by प्रतिनिधि सभा बैठक बस्दै, के छ छ कार्यसूची ? :