चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1107 of 1107
  • 2026-10-07
  • 18:20:07
  • बुधबार,आश्विन २१, २०८३

About Author

राष्ट्रिय बाणिज्य बैंकले ल्यायो क्रेडिट कार्ड सेवा

कर्जा खबर, काठमाडौ

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले क्रेडिट कार्ड सेवा शरु गरेको छ।

बैंकले बदलिंदो चाहनालाई सम्बोधन गर्न एवं नगद कारोबारमा रहेको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक रहेको भन्दै मंगलवाबाट क्रेडिट कार्ड  सेवा शरु गरेको हो।

बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दिपककुमार श्रेष्ठलाई एक कार्यक्रमका बीच क्रेडिट कार्ड हस्तान्तरण गर्दै सेवा शरु गरेका हुन्।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले क्रेडिट कार्डको शुरुवापछि पूर्ण डिजिटल बैंकिङ्गतर्फ बैंक अगाडि बढिरहेको बताए। उनले  नेपाल, भारत र भुटानमा चल्ने यो सेवा  बैंकका सबै शाखा कार्यालयबाट माग गर्न सकिने पनि बताए ।

सो अवसरमा एशियन लाइफका अध्यक्ष दिपककुमार श्रेष्ठले पहिलो क्रेडिट कार्ड ग्राहक हुन पाउँदा खुसी ब्यक्त गरेका थिए । डिजिटल बैंकिङ्ग विभागका प्रमुख ऋषिराम ढकालले क्रेडिट कार्डबाट ग्राहकले दैनिक रकम भुक्तानी, अनलाइन सपिङ्ग, तोकिएको सीमा भित्र रहेर नगद समेत झिक्न मिल्ने सुविधा रहेको बताए।

बैंकको हाल ७७ ओटा जिल्लामा २४७ ओटा शाखा कार्यालय, २०९ ओटा एटीएम र ९८ ओटा शाखा रहित बैंकिङ्ग रहेको छ।