चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1076 of 1104
  • 2026-10-06
  • 15:50:47
  • मंगलबार,आश्विन २०, २०८३

About Author

सेयर बजार १.१० प्रतिशतले घट्यो, १ अर्ब १३ करोडको कारोबार

काठमाडौं– साताको चौथो कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा १ प्रतिशत भन्दा माथिको गिरावट भएको छ। बुधबार बजार परिसूचक नेप्से २१.९७ अंक (१.१० प्रतिशत) ले गिरावट भएर १९७३.३८ अंकमा बन्द भएको हो। नेप्सेसँगै सबै उपसूचकमा गिरावट हुँदा वित्त कम्पनी उपसूचक सर्वाधिक २.४२ प्रतिशत र हाइड्रोपावर उपसूचक २.१७ प्रतिशतले गिरावट भएको छ। त्यस्तै बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि ०.५३ प्रतिशतले गिरावट भएको छ। नेप्सेमा गिरावट हुँदा बुधबार पनि कारोबार रकम १ अर्बमा सीमित भएको छ। साताको पहिलो कारोबार दिन आइतबार २ अर्ब नाघेको कारोबार रकम सोमबार १ अर्ब २६ करोडमा झरेको थियो भने मंगलबार तिजको दिन १ अर्ब १ करोडमा सीमित भयो। साताको चौथो कारोबार दिन बुधबार नेप्सेमा २९ लाख ९२ हजार ८७३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १२ करोड ६२ लाख १८ हजारको कारोबार भएको छ। जसमध्ये नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक १० करोड ७४ लाख ८४ हजारको कारोबार हुँदा रिडी हाइड्रोपावरको ६ करोड ४० लाख २४ हजार र राप्ती हाइड्रोपावरको ३ करोड २७ लाख ८९ हजारको कारोबार भएको छ। बुधबार नेप्सेमा १८७ कम्पनीको सेयर कारोबार हुँदा १६८ कम्पनीको सेयर मूल्य गिरावट भएको छ। १५ कम्पनीको सेयर मूल्य बढेको छ। त्यस्तै ४ कम्पनीको सेयर मूल्य स्थिर छ। बुधबार कारोबार भएकामध्ये आरबीबी म्युचुअल फण्ड १ को इकाइ मूल्य १.९७ प्रतिशतले वृद्धि हुँदा नेपाल इन्भेष्टमेन्ट बैंक ऋणपत्र २०७४ को मूल्य १.९४ प्रतिशतले बढेको छ। त्यस्तै उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य १.६१ प्रतिशतले वृद्धि भएको छ। यता हिमालयन पावर पार्टनर कम्पनीको सेयर मूल्य सर्वाधिक ६.८६ प्रतिशतले गिरावट हुँदा हपर सोलु हाइड्रो इलेक्ट्रिसिटी कम्पनीको सेयर मूल्य ५.२२ प्रतिशत र अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य ५.१९ प्रतिशतले गिरावट भएको छ।

News by सेयर बजार १.१० प्रतिशतले घट्यो, १ अर्ब १३ करोडको कारोबार :