चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 790 of 1152
  • 2026-11-22
  • 12:23:41
  • आइतबार,मंसिर ०७, २०८३

About Author

साउन १ देखि काठमाडौंमा प्लास्टिकको प्रयोग निषेध

काठमाडौं- काठमाडौँमा आगामी साउन १ गतेदेखि प्लास्टिकको प्रयोग गर्न नपाइने भएको छ । महानगरपालिकाले आगामी वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा साउन १ गतेदेखि प्लास्टिक प्रयोगमा निषेध गर्ने घोषणा गरिएको हो । मेयर बालेन्द्र साहले बुधबार प्रस्तुन गर्नुभएको कार्यक्रममा एक पटक मात्रै प्रयोग हुने प्लास्टिकलाई निषेध गर्ने उल्लेख छ । प्लास्टिकका फूललगायतका एक पटक मात्रै प्रयोग हुने सामग्रीहरु तथा ४० माइक्रोनभन्दा पातला प्लास्टिकका झोलाको उत्पादन, विक्री वितरण र प्रयोगलाई प्रतिबन्ध लगाइने नीति तथा कार्यक्रममा उल्लेख छ । नेपाल सरकार अन्तर्गतको वातावरण विभागले गत वर्ष असोजदेखि नै प्लास्टिक प्रयोग गर्न नदिने घोषणा गरे पनि प्लास्टिकको प्रयोग हुँदै आएको छ ।

News by साउन १ देखि काठमाडौंमा प्लास्टिकको प्रयोग निषेध :