चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 364 of 1152
  • 2026-11-22
  • 10:44:38
  • आइतबार,मंसिर ०७, २०८३

About Author

रास्वपाले भन्यो: आज समानुपातिकको सूची निर्वाचन आयोगमा बुझाउँछौं, नयाँ सरकार बन्न १० दिन लाग्नसक्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीबाट समानुपातिक सांसद बन्नेहरुको सूची आज निर्वाचन आयोगमा बुझाउने जानकारी दिएको छ। सरकार गठन गर्न भने १० दिन जति लाग्न सक्ने रास्वपाले जनाएको छ। आज (आइतबार)बिहान केन्द्रीय कार्यालयमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै रास्वपा प्रवक्ता मनिष झाले सो जानकारी दिएका हुन्। समानुपातिक सांसदहरुको सूची टुंगो लगाउन र अन्य विविध विषयमा छलफल गर्न रास्वपाको बैठक बस्दै छ। बैठकअघि पत्रकारहरुसँग कुरा गर्दै झाले भने, ‘हाम्रो पहिलो प्राथमिकता समानुपातिक उम्मेदवारहरुको नामावली बुझाउने भएकाले आज हामी त्यो टुंग्याउँछौं।’ सरकार गठनको विषयमा सोधिएको जिज्ञासामा उनले केही व्यवहारिक र संवैधानिक प्रक्रियाहरु बाँकी नै रहेकाले नयाँ सरकार बन्न १० दिन जति लाग्न सक्ने बताए। उनले भने, ‘यसमा सबै कुरा हामीले चाहे अनुसार हुँदैन। संसद सचिवालयले आफ्नो आवश्यक तयारी गर्नुपर्ने हुन्छ, निर्वाचन आयोगले निर्वाचन प्रक्रियाको अन्तिम विवरण राष्ट्रपति कार्यालयमा बुझाउन नै बाँकी छ। बुझाइसकेपश्चात सामानुपातिक उम्मेदवारहरुलाई प्रमाणपत्र उपलब्ध गराउन बाँकी नै छ। यो कुराहरु सबै भएको हुनाले र फरक फरक साझेदारहरुको जिम्मेवारी अन्तर्गत पर्ने हुनाले म रास्वपाको प्रवक्ताले नै सबैको जिम्मेवारीको कुराहरु र उहाँहरुले कति समय लगाउन सक्नुहुन्छ भन्ने कुरा मैले यहीँ एकिन गरेर भन्न सक्दिनँ। हामी अन्दाज एउटा गर्न सक्छौं कि अझै १० दिन जस्तो लाग्ला भनेर।

News by रास्वपाले भन्यो: आज समानुपातिकको सूची निर्वाचन आयोगमा बुझाउँछौं, नयाँ सरकार बन्न १० दिन लाग्नसक्छ :