चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 692 of 1152
  • 2026-11-22
  • 12:37:31
  • आइतबार,मंसिर ०७, २०८३

About Author

प्रेसर कुकर प्रयोग गर्दा के कुरामा ध्यान पुर्याउने ?

  आजकाल प्रेसर कुकर प्रयोग नगर्ने सायदै कोही होलान् । प्रेसर कुकरको प्रयोगले भान्साको धेरै काम निकै सहज बनाइदिएको छ । त्यसैले घर–घरमा प्रेसर कुकरको प्रयोग निकै लोकप्रिय छ । यद्यपि, धेरै मानिसहरू यसको प्रयोग त गर्छन् तर यो प्रयोग गर्ने केही आवश्यक नियमलाई भने अनुसरण गर्दैनन् । त्यसैले कतिपय अवस्थामा दुर्घटना पनि निम्तिन सक्छ । यहाँ हामी तपाईंलाई प्रेसर कुकर प्रयोग गर्ने बेला अपनाउनुपर्ने केही सावधानीबारे जानकारी दिँदै छौँ । प्रेसर कुकर प्रयोग गर्नुअघि यी कुरामा ध्यान दिनुहोस् ओभरलोड नगर्नुहोस् प्रेफर्डम्युचुअलका अनुसार खाना पकाइरहेका बेला प्रेसर कुकरमा सामान कोचाकोच गरेर नहाल्नुहोस् । भात, दाल, तरकारी बनाउँदा तपाईंले प्रेसर कुकरको आधा मात्रै बनाउनुहोस् । नभए प्रेसर बढेर फुट्न सक्छ । हावा जानु अघि खोल्ने प्रयास खाना राम्रोसँग पाक्यो कि पाकेन भनेर थाहा पाउन चाहनुहुन्छ भने सुरुमा प्रेसर कुकरको हावा जान दिनुहोस् । यदि तपाईं हावा नगईकन यसलाई खोल्ने प्रयास गर्नुहुन्छ भने दुर्घटना हुन सक्छ । राम्रोसँग सफा गर्नुहोस् प्रेसर कुकर प्रयोग गर्नुअघि यसको सिट्ठी, सेफ्टी भल्भ हेर्नुहोस्, यो कतै ब्लक भयो कि, हेर्नुहोस् । यसको विशेष सफाइ आवश्यक छ । यसबाहेक रबरले राम्रोसँग काम गरिरहेको छ कि छैन भनेर हेर्नुहोस् । म्याद सकिने मिति हेर्नुहोस् प्रेसर कुकर किन्ने बेला यसको लिटरेचर बुकमा एक्सपायरी डेट दिइएको छ भने यसबारे ध्यान दिनुहोस् । हरेक पाँच वर्षमा प्रेसर कुकर परिवर्तन गर्नु राम्रो हुन्छ । प्रेसर कुकरको संरचना बिग्रिएको छ भने यसलाई तत्काल फेरिदिनुहोस् ।