चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1096 of 1100
  • 2026-10-04
  • 15:47:09
  • आइतबार,आश्विन १८, २०८३

About Author

कृषि तथा हस्तकला व्यवसायले १ करोडसम्म बेसरेटमा थप २% ब्याजदरमै कर्जा पाउने

कर्जा खबर। बैंक तथा वित्तीय संस्थाले कृषि, हस्तकला तथा सीपमूलक व्यवसाय एवम् उद्यम व्यवसाय सञ्चालनका लागि १ करोड रुपैयाँसम्मको कर्जा प्रवाह गर्दा बढीमा बेसरेटमा २ प्रतिशतसम्म मात्रै थप गरी ब्याजदर तोक्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले नयाँ निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । ‘इजाजतपत्रप्राप्त संस्थाले १ करोड रुपैयाँसम्मको कृषि, हस्तकला तथा सीपमूलक व्यावसाय एवम् उद्यम व्यवसाय (आयात सम्बन्धी व्यावसाय वाहेक) सञ्चालनका लागि कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्ममात्र थप गरी ऋणको ब्याज तोक्नु पर्नेछ,’ राष्ट्र बैंकले भनेको छ । साथै २० लाख रुपैयाँसम्मका यस्ता कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोको रुपमा स्वीकार गर्न सक्नेछन् । साथै प्रत्येक शाखाले यसप्रकारको कर्जासम्बन्धी निवेदन प्राप्त भएको ७ कार्य दिनभित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसक्ने भएमा सोको स्पष्ट कारण समेत उल्लेख गरी सम्बन्धित ग्राहकलाई लिखित रुपमा दिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । साथै कृषि, लघु तथा घरेलु क्षेत्रमा कर्जा प्रवाहलाई थप प्रोत्साहित गर्न गाँउपालिका तथा नगरपालिकाको सरकारी कारोबार सञ्चालन गर्ने वाणिज्य बैंकका शाखाहरुमा कृषि, लघु तथा घरेलु कर्जासम्बन्धी फोकल डेस्कको स्थापना गर्न समेत निर्देशन दिएको छ ।

News by कृषि तथा हस्तकला व्यवसायले १ करोडसम्म बेसरेटमा थप २% ब्याजदरमै कर्जा पाउने :