चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 742 of 1153
  • 2026-11-23
  • 00:54:59
  • आइतबार,मंसिर ०७, २०८३

About Author

प्रधानमन्त्री प्रचण्ड र इन्टरनेशनल फण्ड फर एग्रिकल्चरका प्रमुखबीच भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र इन्टरनेशनल फण्ड फर एग्रिकल्चर (आइएफएडी)का प्रमुख डा. अल्भारो लारियोबीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालयमा आयोजना भएको युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन इटलीको रोममा रहेका प्रधानमन्त्री प्रचण्ड र डा. अल्भारो लारियोबीच इटलीको रोममा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा प्रधानमन्त्रीसँगै भ्रमणमा रहेका कृषिमन्त्री वेदुराम भुसाल पनि सहभागी थिए। उक्त भेटवार्तामा आइएफएडिद्वारा नेपालमा सञ्चालित विभिन्न परियोजनाको समिक्षा गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। भेटमा आइएफएडीले नेपालको कृषि क्षेत्रको विकासमा पुर्‍याएको योगदान लगायतका विषयमा कुराकानी भएको हो। नेपालको कृषि क्षेत्रमा आइएफएडिले विभिन्न परियोजना सञ्चालन गरेको छ।

News by प्रधानमन्त्री प्रचण्ड र इन्टरनेशनल फण्ड फर एग्रिकल्चरका प्रमुखबीच भेटवार्ता :