१. हामीले कुनै पनि समयको प्रतिक्षा गर्नु उचित छैन। बरु हरेक समयलाई विशेष बनाउने प्रयास गर्नुपर्छ। २. पानीलाई जतिसुकै तातो बनाएपनि केही समयपछि आफ्नो मूल स्वभावमा फर्किएर शीतल हुन्छ। यही प्रकार हामीमा जति क्रोध, भय, अशान्ति भएपनि यसलाई क्षणिक रुपमा मात्र लिनुपर्छ। हाम्रो मूल स्वभाव त हरबखत खुसी र प्रशन्न रहनु हो। ३. खुट्टामा लागेको चोटले सम्हालिएर हिँड्न सिकाउँछ। मनमा लागेको चोटले समझदारीसाथ जिउन सिकाउँछ। ४. भाग्यको ढोकामा मुड्की बजार्नु भन्दा राम्रो हो कर्मको तुफान पैदा गर। भाग्यको ढोका आफै खुल्छ। ५. पानीमा डुब्नसाथ कसैको मृत्यु हुँदैन। मृत्यु त तब हुन्छ जब पानीमा तैरन जान्दैनन्। परिस्थिति कहिलेपनि समस्या बन्दैन। समस्या त तब बन्छ, जब त्यसलाई सम्हाल्न सक्दैनन्। ६. त्यस व्यक्तिप्रति ध्यान नदेउ जो तिम्रो पीठ्युँ पछाडि कुरा गर्छ। यसको सोझो अर्थ हो तिमी उनीभन्दा दुई कदम अगाडि छौं। ७. संसारमा यदि एकदमै राम्रो कुरा सोच्ने हो भने सर्वप्रथम त कुनै खराब कुरा सोच्न बन्द गर। ८. पहिले मान्छेले सिकाएका थिए, समय बद्लिन्छ। अहिले समयले सिकायो कि, मान्छे पनि बद्लिन्छ। ९. अवसर र सूर्योदयमा एउटै समानता छ। ढिलो गर्नेलाई यसले पर्खदैन। १०. ऐना हो जिन्दगी। तिमी मुस्कुराउ, जिन्दगी पनि मुस्कुराउँछ। ११. खुसी हुनुको अर्थ यो होइन कि तिम्रो सबैकुरा ठीक छ। यसको अर्थ त यो हो कि तिमीले दुःखबाट उठेर जिउन सिक्यौं। १२. कसैलाई असहज स्थितिमा साथ देउ, हात देउ, हिम्मत देउ, आशा देउ। किनभने खराब स्थिति त केही समयमा गुज्रिएर जान्छ। तर, तिमीले दिएको साथ र हिम्मत उसको जिन्दगीभर रहन्छ।


