चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 449 of 1152
  • 2026-11-22
  • 09:28:02
  • आइतबार,मंसिर ०७, २०८३

About Author

राष्ट्रिय सभा निर्वाचन: गण्डकी प्रदेशमा १७० मत खस्यो

पोखरा– गण्डकी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनमा हालसम्म १ सय ७० मत खसेको छ। प्रदेश निर्वाचन कार्यालयका अनुसार ९ बजेदेखि सुरु भएको राष्ट्रिय सभा निर्वाचनमा हालसम्म प्रदेशसभा अन्तर्गत ४२ जनाले मत दिइसकेका छन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र एमाले संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री खगराज अधिकारीले मतदान गरिसकेका छन्। यस्तै, स्थानीय तह अन्तर्गत १ सय २८ जनाले मतदान गरेका छन्। गण्डकीमा २ सय २८ जना मतदाता छन्। तीमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदानमा सहभागी नहुने घोषणा गरिसकेको छ । राप्रपाका गण्डकीमा २ जना मतदाता रहेका छन्।

News by राष्ट्रिय सभा निर्वाचन: गण्डकी प्रदेशमा १७० मत खस्यो :