राष्ट्रिय सभा निर्वाचन: गण्डकी प्रदेशमा १७० मत खस्यो - Chaitanya News
  • 2026-05-03
  • 07:14:45
  • आइतबार,बैशाख २०, २०८३
  • राष्ट्रिय सभा निर्वाचन: गण्डकी प्रदेशमा १७० मत खस्यो

    राष्ट्रिय सभा निर्वाचन: गण्डकी प्रदेशमा १७० मत खस्यो

    पोखरा– गण्डकी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनमा हालसम्म १ सय ७० मत खसेको छ। प्रदेश निर्वाचन कार्यालयका अनुसार ९ बजेदेखि सुरु भएको राष्ट्रिय सभा निर्वाचनमा हालसम्म प्रदेशसभा अन्तर्गत ४२ जनाले मत दिइसकेका छन्।

    मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र एमाले संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री खगराज अधिकारीले मतदान गरिसकेका छन्।

    यस्तै, स्थानीय तह अन्तर्गत १ सय २८ जनाले मतदान गरेका छन्। गण्डकीमा २ सय २८ जना मतदाता छन्।

    तीमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदानमा सहभागी नहुने घोषणा गरिसकेको छ । राप्रपाका गण्डकीमा २ जना मतदाता रहेका छन्।