चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1079 of 1100
  • 2026-10-04
  • 20:31:41
  • आइतबार,आश्विन १८, २०८३

About Author

वामपन्थी एकता सम्भव छैन, पदका लागि दौडधुप गर्दिन : नेता खनाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले तत्काल वामपन्थी एकता नहुने स्पष्ट पारेका छन्। पार्टी प्रशिक्षणको लागि गुल्मी पुगेका नेता झलनाथ खनालले तत्काल वामपन्थी एकता सम्भव नभएको बताएका हुन्। उनले वामपन्थी एकताका लागि ठूला पार्टी नै इच्छुक नभएको हुनाले एकता सम्भव नभएको बताए। उनले एमालेसँग पार्टी एकता नहुने तर माओवादीसँग भने एकताको कुरा चलिरहेको खनालको भनाइ छ। त्यस्तै उनले आफूले कुनै पदका लागि बार्गेनिङ नगरिरहेको बताए। तपाईको नजर राष्ट्रपतितिर हो रे नित भन्ने पत्रकारहरुको प्रश्नमा उनले भने, ‘आफूले कुनै पदमा बार्गेनिङ न गरेको र पदका लागि दौडधुप गरेको छैन्।’  

News by वामपन्थी एकता सम्भव छैन, पदका लागि दौडधुप गर्दिन : नेता खनाल :