चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 52 of 1156
  • 2026-11-24
  • 01:25:30
  • सोमबार,मंसिर ०८, २०८३

About Author

यस वर्षको दशैंमा टीकाको उत्तम साइत बिहान १०ः२६ बजे

काठमाडौँ– यस वर्षको बडादसैँअन्तर्गत विजया दशमीको टीकाको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १० बजेर २६ मिनेटमा रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको दशैंको साइतअनुसार विजया दशमीका दिन बिहान ८ः४९ बजे देवी विसर्जन गरी बिहान १०ः२६ बजे टीका लगाउन उत्तम हुने जनाएको छ। टीका लगाउँदा टीका लगाइदिने र लगाइमाग्ने व्यक्ति कुन दिशातर्फ फर्किने भन्ने सम्बन्धमा समितिले टीका लगाइमाग्ने व्यक्ति पश्चिम दिशातर्फ फर्किनुपर्ने जनाएको छ। असोज २५ गते घटस्थापना: यस वर्ष असोज २५ गते आइतबार नवरात्रारम्भ तथा घटस्थापना परेको छ। घटस्थापनाको शुभसाइत बिहान ११ः४७ बजे निर्धारण गरिएको छ। सो दिन चित्रा नक्षत्र र वैधृति योगसमेत रहेकाले घटस्थापनाअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ। असोज २६ गते सोमबार बिहान १०ः०७ बजे झण्डा फेर्ने शुभसाइत रहेको छ। झण्डा फेर्दा पश्चिम मोहडा गर्नुपर्ने जनाइएको छ। असोज २९ गते बिहीबार श्रीपचली भैरव यात्रा हुनेछ। असोज ३१ गते फूलपाती: असोज ३१ गते शनिबार फूलपाती परेको छ। सो दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान ७ः३७ बजे र स्थिरासनको साइत बिहान १०ः३९ बजे रहेको छ। कात्तिक १ गते आइतबार महाअष्टमी तथा कालरात्रि र कात्तिक ३ गते मंगलबार महानवमी परेको छ। कात्तिक ४ गते विजया दशमी कात्तिक ४ गते बुधबार विजया दशमी परेको छ। त्यस दिन बिहान ८ः४९ बजे देवी विसर्जन र बिहान १०ः२६ बजे टीका लगाउने उत्तम साइत रहेको समितिले जनाएको छ। सोही दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान १०ः५१ बजे तथा स्थिरासनको साइत बिहान ११ः५२ बजे रहेको छ। खड्गयात्रासमेत विजया दशमीकै दिन हुनेछ। दशैंको अन्तिम दिन कात्तिक ८ गते आइतबार अखिलबलिपूर्ति तथा कोजाग्रत पूजा गरिनेछ।

News by यस वर्षको दशैंमा टीकाको उत्तम साइत बिहान १०ः२६ बजे :