चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1087 of 1100
  • 2026-10-04
  • 19:10:14
  • आइतबार,आश्विन १८, २०८३

About Author

प्रधानमन्त्री देउवा भन्छन् : कसैलाई अन्याय नहुने गरी टिकट वितरण हुन्छ

काठमाडौँ — नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ मा हुने निर्वाचनमा सबैलाई न्याय हुनेगरी टिकट वितरण गरिने बताएका छन्। नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा सोमबार ललितपुरमा आयोजित बधाईरशुभकामना तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले न्यायसङ्गत ढंगबाट टिकट वितरण गरिने भन्दै ढुक्क भएर चुनाव प्रचारमा लाग्न आग्रह गरेका हुन्। ‘न्यायबद्ध रुपमा टिकट वितरण हुन्छ। कसैलाई अन्याय हुँदैन। तपाईंहरू ढुक्क भएर चुनावमा लाग्नुहोस्‚’ उनले भने। आगामी निर्वाचनमा कांग्रेस देशको सबैभन्दा ठूलो पार्टी बन्ने भन्दै यसअघिको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा एक्लै लडेकाले आफूहरू पराजित भएको तर अब गठबन्धन साथमा रहेको उनले बताए। आफूले विशेष परिस्थितिमा सरकारको नेतृत्व लिएको सभापति देउवाले उल्लेख गरे। ‘हाम्रो ध्यान मंसिर ४ मा छ। पहिलो पार्टी बन्छ भन्ने अठोटका साथ हामी लाग्नु पर्छ। त्यो समर्पणका साथ लाग्नुहुनेछ भन्ने लागेको छ। २०७४ सालमा हामी वाम गठबन्धनसँग एक्लै लडेर पराजित भएका थियौं अहिले हाम्रो गठबन्धन छ। कति ठाउँमा जित्छौं भन्ने कुरा महत्त्वपूर्ण हो। त्यसैले यसमा साथीहरूले मनन गरेर लाग्नु होला‚ उनले भने‚ ‘पार्टीका साथीहरूलाई भेदभाव गर्दिनँ। सबैलाई मिलाएर लाने इच्छा छ। गठबन्धनका बाबजुद पनि आफूहरू पराजित भएको भन्दै उनले जनताले गाउँ(गाउँमा सिंहदरबार आयो भने पनि हामीले केही पाएनौं भन्न थालेको बताए।  

News by प्रधानमन्त्री देउवा भन्छन् : कसैलाई अन्याय नहुने गरी टिकट वितरण हुन्छ :