चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1098 of 1104
  • 2026-10-06
  • 16:04:11
  • मंगलबार,आश्विन २०, २०८३

About Author

बाटो नभएको ठाउँमा पुल बनाएकोभन्दै अनावश्यक हल्ला चलाए : तत्कालीन मन्त्री बस्नेत

गोरखा- गोरखामा बाटो नै नभएको ठाउँमा मोटरेवल पुल बनाएको भन्दै गण्डकी प्रदेशका तत्कालीन मन्त्री रामशरण बस्नेत आलोचित भइरहेका छन्। दरौंदी नदीमाथि बनेको पुलको एकातर्फ पहरा देखिन्छ भने अर्कोतर्फ धान खेत छ। गोरखा नगरपालिकाको नारेश्वर र सिरानचोक गाउँपालिकाको जरेबर जोड्न बनाइएको पुललाई मोटर बाटोले छोएको छैन। पुल निर्माण गर्न स्वीकृति दिएका तत्कालीन मन्त्री बस्नेतले अनावश्यक हल्ला चलाएको बताए। पुल पूरा नै नभइकल मोटर चल्नुपर्छ भनेर संसारमा कहाँ भन्छ उनले भने, ‘बाटो बन्न बाँकी छ, पैसा छ, अनावश्यक हल्ला चलाइयो।गण्डकी सरकार मातहत पूर्वाधार विकास कार्यालय गोरखाले बनाएको उक्त पुल अझै निर्माण सकिएको छैन। २०७७ जेठमा २ वर्षभित्र सक्ने गरी ५ करोड ३९ लाख ८० हजार रुपैयाँमा उक्त पुल बनाउन ठेक्का सम्झौता भएको थियो। पुल बनाउने ठेक्का पाएको हिन्दुम एण्ड ठोकर कन्स्ट्रक्सन, गोसाइँकुण्ड र आइएसएनएस निर्माण कम्पनीले जोइन्ट भेन्चरमा ठेक्का पाएका थिए। सम्झौतामा उल्लेखित समयभित्र पुल बनाउने काम नसकिएकाले माघ १२ गतेसम्म म्याद थपेको पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख ओमराज ढुंगानाले जानकारी दिए। उनका अनुसार पुलपारि पहरा देखिएको ठाउँमा २ सय मिटर बाटो बनाउन बाँकी छ भने वारी धानखेततर्फ सय मिटर बाँकी छ। ‘मोटरेबल पुलभन्दा केही माथि झोलुंगे पुल छ, त्यहाँसम्म बाटो आइसकेको छ’, ढुंगानाले भने, ‘अब पुलसम्म जोड्न र पारिपट्टी पहरा फोरेर बाटो बनाउने काम बाँकी छ। पुलको वारिपारि नै मोटरबाटो बनाउनका लागि बजेट रहेको र निर्माणकै चरणमा रहेको उनले बताए। दरौंदीमाथि उक्त पुललाई मोटरबाटोले जोडेपछि सिरानचोक, अजिरकोट, बारपाक, सुलिकोट गाउँपालिकाका बासिन्दा लाभान्वित हुने ढुंगानाले बताए। उक्त सडक बनिसकेपछि अहिले भइरहेको भन्दा छोटो दूरीबाट सदरमुकाम गोरखा बजार जोडिने उनको भनाइ छ। ‘मान्छेले झलक्क हेर्दा एकातर्फ पहरा देखे अर्कोतफ धानखेत,’ ढुंगानाले भने, ‘बहुवर्षीय योजना हो, पूरा नै भएको छैन, पूरा हुँदा मोटर बाटो जोडिन्छ।स्थानीयवासीले धानखेत मासेर सडक बनाउन रोक लगाउँदा पुल अलपत्र परेको बताएका छन्। धानखेत मास्न नदिने किसानको अडानले पुलसम्म पुग्ने मोटर बाटोको ट्रयाक खोल्न बाँकी रहेको उनीहरूको भनाइ छ। तर मन्त्री बस्नेतले भने स्थानीय किसानको सहमतिमै उक्त बाटो र पुल बनाउन बजेट विनियोजन गरेको दाबी गरे। अनावश्यक हल्लाको पछि लाग्न जरूरी छैन, स्थानीयकै मागका अधारमा बजेट विनियोजन गरेका हौं,’ उनले भने, ‘जनताको सुविधाका लागि बनाएको बाटो र पुलको विरोध गर्नुको तुक छैन। मन्त्री बस्नेतले पुल भएको ठाउँमा आफ्नो नाममा कुनै जग्गा नरहेको समेत दाबी गरे। त्यो फाँटमा मेरो बुवाको नाममा अलिकति जग्गा छ, मेरो नाममा केही पनि छैन,’ उनले भने, ‘त्यही पनि पुल भएको ठाउँभन्दा धेरै टाढा छ। अहिले आफू काठमाडौंबाट गोरखा जाँदै गरेको भन्दै उनले भोलि पुल भएकै ठाउँमा जाने बताए।  

News by बाटो नभएको ठाउँमा पुल बनाएकोभन्दै अनावश्यक हल्ला चलाए : तत्कालीन मन्त्री बस्नेत :