चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1102 of 1110
  • 2026-10-09
  • 12:27:31
  • शुक्रबार,आश्विन २३, २०८३

About Author

भाषा संस्कृतिको संरक्षण गर्न सरकार प्रतिबद्ध छ : देउवा

काठमाडौं– प्रधानमन्त्री शेर बहादुर देउवाले आदिवासीको हकहितका साथै भाषा संस्कृतिको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। २८औं विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा आदिवासीको भूमिका महत्वपूर्ण रहेको भन्दै आदिवासीको हकहितका साथै भाषा संस्कृतिको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन्। उनले संविधानमा उल्लेख समानुपातिक समावेशीताको विषयलाई व्यवहारलाई उर्तान पनि आफूले पहल गरेको जानकारी दिए। आदिवासी जनजातिको पहिचान गरी राज्यको मूलधारमा ल्याएर राष्ट्रको विकासमा उनीहरूको योगदानलाई थप उच्च बनाउन जरुरी रहेको उनको भनाइ छ। प्रधानमन्त्री देउवाले संविधानले आदिवासी जनजाति समुदायको विकास र समृद्धिका लागि छुट्टै आयोगको व्यवस्थासमेत गरेको जानकारी दिए। उनले विश्व आदिवासी दिवसका अवसरमा सार्वजनिक विदा दिन गरेको मागलाई आफूले पूरा गर्ने आश्वासन दिए। दिवसका अवसरमा महासंघले काठमाडौंमा सांस्कृतिक र्‍यालीसमेत निकालिएको थियो। विश्वभर आदिवासी जनजातिको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगष्ट ९ तारिखमा यो दिवस मनाउने गरिएको छ।

News by भाषा संस्कृतिको संरक्षण गर्न सरकार प्रतिबद्ध छ : देउवा :