चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1095 of 1105
  • 2026-10-07
  • 09:01:50
  • बुधबार,आश्विन २१, २०८३

About Author

लुम्बिनीमा गठबन्धन दलको बैठक : आ–आफ्नो पार्टीको रिपोर्ट पेस गर्ने निर्णय

काठमाडौं– सत्तारुढ गठबन्धन लुम्बिनीले प्रदेशमा मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मजबुत ढंगले लैजाने निर्णय गरेको छ। शुक्रबार बुटवलमा बसेको संयुक्त गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनमा सफल भएको निष्कर्ष निकाल्दै प्रतिनिधि तथा प्रदेशसभा बैठकलाई अझै प्रभावकारी बनाएर लैजाने निर्णय गरेको हो। नेपाली काँग्रेस लुम्बिनी प्रदेश पार्टी कार्यालयमा बसेको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा गठबन्धनको तर्फबाट साझा उम्मेदवार तयार गर्न आ–आफ्नो पार्टीको तर्फबाट विस्तृत रिपोर्ट तयार गरेर पुनः बैठक बस्ने निर्णय भएको छ। लुम्बिनी मुख्यमन्त्री कुलबहादुर केसीको उपस्थितिमा बसेको बैठकले गठबन्धनको तर्फबाट केन्द्रको निर्णय र निर्देशनलाई कार्यान्वयन गर्ने छ। नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव, नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश सचिव राजु गुरुङ र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि बद्रे आलमद्वारा जारी हस्ताक्षरित प्रेस विज्ञप्तिमा स्थानीय तह निर्वाचनको सन्दर्भमा निर्माण गरिएको प्रदेश र जिल्ला तहको संयुक्त संयन्त्र पुनः सक्रिय बनाउने निर्णय भएको छ।  

News by लुम्बिनीमा गठबन्धन दलको बैठक : आ–आफ्नो पार्टीको रिपोर्ट पेस गर्ने निर्णय :