चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1102 of 1105
  • 2026-10-07
  • 09:33:01
  • बुधबार,आश्विन २१, २०८३

About Author

बैंकहरुको औषत लाभांश क्षमता १८ प्रतिशत, हेर्नुहाेस् कुन बैंकको कति

कर्जा खबर, काठमाडौं ।

वाणिज्य बैंकहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरुको औषत लाभांश क्षमता १८.१६ प्रतिशत रहेको देखिएको छ।

गत वर्ष अधिकाश बैंकहरुको वितरणयोग्य नाफा बढेको छ। जसले गर्दा बैंकहरूको लाभांश क्षमता समेत बढेको देखिन्छ। गत आर्थिक वर्षमा बैंकहरुको वितरणयोग्य नाफा ४९ प्रतिशतले बढेको छ।

बैंकहरुको नाफा २० प्रतिशतले मात्रै बढेको भए पनि वितरण योग्य नाफा भने धेरै बढेको छ।

गत वर्षको वित्तीय विवरण अनुसार नेपाल स्टक एक्सचेञ्जमा सूचीकत नभएको राष्ट्रिय वाणिज्य बैंकको लाभांश क्षमता सबैभन्दा धेरै ४७.९० प्रतिशत रहेको छ। बैंकले रिटेन अर्निङबाट ४७.९० प्रतिशत क्षमत छ भने वितरणयोग्य नाफा अनुसार ४४.४० प्रतिशत लाभांश क्षमता राख्छ।

यस्तै नेप्सेमा सूचीकृत २६ वटा वाणिज्य बैंकमा सरकारकै लगानी रहेको नेपाल बैंकको लाभांश क्षमता सबैभन्दा धेरै ४३.३१ प्रतिशत रहेको छ। बैंकले शेयर प्रिमियमबाट ३.४२ प्रतिशत, रिटेर्न अर्निङबाट २९.९० प्रतिशत  लाभांश वितरण गर्ने क्षमता राख्छ।

निजी क्षेत्रका बैंकहरुमध्ये नबिल बैंकको लाभांश क्षमता सबैभन्दा धेरै देखिएको छ। बैंकले शेयर प्रिमियमबाट १.१५ प्रतिशत,रिटेर्न अर्निङ्गबाट ३१.०८ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ। उसकाे वितरणयोग्य मुनाफाबाट २९.९५ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ।

२७ वाणिज्य बैंकहरुमध्ये १० बैंकले औषतभन्दा धेरै लाभांश वितरण गर्न सक्ने क्षमता राख्छन् भने बाँकी १७ बैंकले औषतभन्दा कम लाभंश वितरण गर्न सक्ने क्षमता राख्छन्।

सिभिल बैंकको लाभांश क्षमता सबैभन्दा कम छ। उसले रिटेर्न अर्निङबाट ६.२२ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ। उसकाे वितरणयोग्य नाफाबाट ५.७७ प्रतिशत लाभांश वितरण क्षमता राख्छ।

त्यसैगरी नेपाल एसविआई बैंकको पनि रिटेर्न अर्निङबाट ९.५५ प्रतिशत लाभांश क्षमत रख्छ भने गत वर्षकाे वितरणयोग्य नाफाबाट ३.५७ प्रतिशत मात्र लाभांश क्षमता राख्छ।

कुन बैंककाे लाभांश क्षमता कति, हेर्नुहाेस्

 

News by बैंकहरुको औषत लाभांश क्षमता १८ प्रतिशत, हेर्नुहाेस् कुन बैंकको कति :