चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 829 of 1156
  • 2026-11-23
  • 20:29:39
  • सोमबार,मंसिर ०८, २०८३

About Author

आज वर्षा र हावाहुरीको सम्भावना

काठमाडौं- अबको तीन दिनसम्म देशभर बदली र वर्षाको अवस्था रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर लगातार पानी भने पर्ने छैन। अहिले नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ । त्यसैले आजदेखि तीन दिनसम्म केहीबेर पानी पर्ने, रोकिने क्रम जारी रहने महाशाखाका मौसमविद गोविन्द झाले बताए। आज देशभर नै सामान्यदेखि आंशिक बदली हुने सम्भावना छ। बिहानैदेखि लुम्बिनी, गण्डकी, बागमतीका थोरै स्थानमा पानी पनि परिरहेको छ। आज दिउँसो पनि कोशी, मधेश र बागमती प्रदेश र गण्डकी प्रदेशका केही भूभागमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति पनि कोशी, बागमती पहाडी भूभागहरुमा वर्षाको सम्भावना छ। मधेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा पनि राति पानी पर्ने सम्भावना छ। भोलि मधेश, कोशी र बागमती प्रदेशका तराई क्षेत्रमा हावाहुरी र भुँवरीको सम्भावना रहेको मौसमविद झाले जानकारी दिए।

News by आज वर्षा र हावाहुरीको सम्भावना :