चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 800 of 1156
  • 2026-11-23
  • 22:51:29
  • सोमबार,मंसिर ०८, २०८३

About Author

राष्ट्रपतिको मुटुमा पुनः समस्या, राति नै अस्पताल लगियो

काठमाडौं-  राष्ट्रपति रामचन्द्र पौडेल मुटुमा पुनः समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । मध्यरातमा त्रिबि शिक्षण अस्पताल महाराजगञ्जमा पुयाइएका राष्ट्रपति पौडेललाई बिहान नै मनमोहन कार्डियो भास्कुलर लगिएको स्रोतले जानकारी दिएको छ । पौडेलको मुटुमा समस्या देखिएपछि राति २ बजे त्रिबि शिक्षण अस्पताल पुर्‍याइएको थियो । शिक्षण अस्पतालबाट आज बिहान ५ बजे मनमोहन कार्डियो थेरासिस भास्कुलर एन्ड ट्रान्स प्लान्ट सेन्टरमा लगिएको छ । अहिले उनको सिसियूको क्याबिनमा राखेर उपचार भइरहेको स्रोतले जनाएको छ । केही दिनअघि पनि मुटुमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए । उनी अघिल्लो महिना मात्रै भारतको नयाँदिल्लीमा उपचार गरेर फर्केका थिए ।

News by राष्ट्रपतिको मुटुमा पुनः समस्या, राति नै अस्पताल लगियो :