चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 715 of 1156
  • 2026-11-23
  • 22:41:54
  • सोमबार,मंसिर ०८, २०८३

About Author

काठमाडौं–तराई फास्ट ट्र्याकको डिपिआर संशोधन

काठमाडौं–तराई मधेश द्रुतमार्गको डिपिआर संशोधन भएको छ। लागत समय र लागत मुल्य घट्नेगरी द्रुतमार्गको डिपिआर संशोधन भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए। मंगलवार बसेको मन्त्रिपरिषदको बैठकले काठमाडौं–तराई-मधेश द्रुतमार्गको डिपिआर संशोधन गरेको हो। काठमाडौं–मधेश लाइफ लाइनका रुपमा रहेको द्रुतमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माण कार्य भइरहेको छ। २०७४ साल बैशाख २१ देखि निर्माण कार्य शुरु गरिएको काठमाडौं तराई मधेश द्रुत मार्ग हालसम्म २५.५४ प्रतिशत मात्र प्रगति भएको छ। डिपिआर संशोधन भएपछि लागत मुल्य पनि घट्ने भएको छ । २ खर्ब १३ अर्ब ९ करोड ५३ लाखको लागत रहेकोमा संशोधनपछि २ खर्ब ११ अर्ब ९ करोड ३० लाख आयोजनाको लागत कायम भएको छ। आयोजनामा केही सुरुङ र केही ग्यालरी सुरुङ बन्ने भएका छन्। द्रुतमार्ग २०८३ साल चैत्र मसान्तसम्म सक्ने लक्ष्य लिइएको छ।