चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 677 of 1156
  • 2026-11-23
  • 19:22:09
  • सोमबार,मंसिर ०८, २०८३

About Author

शिक्षक र सरकारको वार्ता अझै जारी

विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघ र सरकारबीच आज बिहान फेरि वार्ता हुँदैछ । हिजो भएको वार्ता बिनानिष्कर्ष टुङ्गिएको थियो । कानुन, न्याय, तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले हिजोको छलफल सकारात्मक रहेको र आज बिहान पुनः वार्तामा बसेर सहमति गर्ने प्रयास हुने बताए । ’उहाँहरूले जुन माग राख्नुभएको थियो, त्यसैमा रहेर छलफल भएको छ ।बिहानको वार्तामा टुङ्गिन्छ’, उनले भने । त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले पनि छलफल सकारात्मक रहेकाले समस्याका समाधान हुनेमा आशावादी रहेको बताए । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थ मन्त्री डा प्रकाशशरण महत पनि वार्तामा सहभागी थिए । शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले भने हिजोको वार्तामा कुनै सहमति हुन नसकेको र आज बिहान फेरि वार्ता हुने जानकारी दिइन् । बिहान ९ बजे पुनः वार्ता हुनेछ । सरकारले ल्याएको शिक्षा विधेयकमा असहमति राख्दै शिक्षकहरूले आन्दोलन गरिरहेका छन् । पठपाठन ठप्प पारेर शिक्षकहरू आन्दोलनमा उत्रिएका छन् ।