चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 361 of 1152
  • 2026-11-22
  • 12:05:02
  • आइतबार,मंसिर ०७, २०८३

About Author

रास्वपाले आफ्ना नवनिर्वाचित सांसदका लागि अभिमुखीकरण आजदेखि सुरु गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूका लागि अभिमुखीकरण आजदेखि सुरु गर्नेभएको छ। पार्टीका प्रवक्ता मनिष झाका अनुसार, दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अबलम्बन गर्नुपर्ने नीति लगायतका बारे जानकारी गराइने छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक निर्वाचनमा एक सय ८२ सिट हासिल गरेको छ। रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले नवनिर्वाचित सांसदहरूलाई सो अभिमुखीकरण कार्यक्रममा उपस्थित हुन छबुँदे निर्देशन जारी गर्दै आह्वान गरिसकेका छन्।

News by रास्वपाले आफ्ना नवनिर्वाचित सांसदका लागि अभिमुखीकरण आजदेखि सुरु गर्दै :