चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 325 of 1152
  • 2026-11-22
  • 09:03:39
  • आइतबार,मंसिर ०७, २०८३

About Author

उपसभामुख पदका लागि मनोनयन दर्ता हुँदै

काठमाडौँ– उपसभामुख पदका लागि मनोनयन दर्ता हुँदै छ। संघीय संसद् सचिवालयका अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय छ। प्राप्त उम्मेदवारको सूची प्रकाशन आजै दिउँसो साढे २ बजे हुनेछ। भोलि शुक्रबार निर्वाचन हुनेछ। सभामुखमा यसअघि नै रास्वपामा डोलप्रसाद अर्याल निर्वाचित भइसकेका छन्। संविधानतः सभामुख र उपसभामुख फरक(फरक दल र फरक(फरक लिंगको हुनुपर्छ। संविधानको धारा ९१ मा सभामुख र उपसभामुखको निर्वाचनसम्बन्धी व्यवस्था छ। ‘निर्वाचन गर्दा प्रतिनिधि सभाको सभामुख र उपसभामुख मध्ये एक जना महिला हुने गरी गर्नु पर्नेछ र प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनु पर्नेछ’ संविधानको धारा ९१ को उपधारा २ मा भनिएको छ। प्रतिनिधि सभामा रास्वपासहित ६ दल छन्। २७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपाको मात्रै १८२ सांसद छन्। नेपाली काँग्रेस ३८, नेकपा एमाले २५, नेपाली कम्युनिस्ट पार्टी १७, श्रम संस्कृति पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का ५ सांसद छन्।

News by उपसभामुख पदका लागि मनोनयन दर्ता हुँदै :