उपसभामुख पदका लागि मनोनयन दर्ता हुँदै - Chaitanya News
  • 2026-04-19
  • 09:40:05
  • आइतबार,बैशाख ०६, २०८३
  • उपसभामुख पदका लागि मनोनयन दर्ता हुँदै

    उपसभामुख पदका लागि मनोनयन दर्ता हुँदै

    काठमाडौँ– उपसभामुख पदका लागि मनोनयन दर्ता हुँदै छ। संघीय संसद् सचिवालयका अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय छ।

    प्राप्त उम्मेदवारको सूची प्रकाशन आजै दिउँसो साढे २ बजे हुनेछ। भोलि शुक्रबार निर्वाचन हुनेछ। सभामुखमा यसअघि नै रास्वपामा डोलप्रसाद अर्याल निर्वाचित भइसकेका छन्।

    संविधानतः सभामुख र उपसभामुख फरक(फरक दल र फरक(फरक लिंगको हुनुपर्छ। संविधानको धारा ९१ मा सभामुख र उपसभामुखको निर्वाचनसम्बन्धी व्यवस्था छ।

    ‘निर्वाचन गर्दा प्रतिनिधि सभाको सभामुख र उपसभामुख मध्ये एक जना महिला हुने गरी गर्नु पर्नेछ र प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनु पर्नेछ’ संविधानको धारा ९१ को उपधारा २ मा भनिएको छ।

    प्रतिनिधि सभामा रास्वपासहित ६ दल छन्। २७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपाको मात्रै १८२ सांसद छन्। नेपाली काँग्रेस ३८, नेकपा एमाले २५, नेपाली कम्युनिस्ट पार्टी १७, श्रम संस्कृति पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का ५ सांसद छन्।