बाढीको विपत्ति र शोकलाई मध्यनजर गर्दै करदाता प्रोत्साहन पुरस्कार घोषणा स्थगित, भदौका विजेता असोज १ मा सार्वजनिक हुने - Chaitanya News
  • 2026-09-03
  • 13:13:50
  • बिहिबार,भाद्र १८, २०८३
  • बाढीको विपत्ति र शोकलाई मध्यनजर गर्दै करदाता प्रोत्साहन पुरस्कार घोषणा स्थगित, भदौका विजेता असोज १ मा सार्वजनिक हुने

    बाढीको विपत्ति र शोकलाई मध्यनजर गर्दै करदाता प्रोत्साहन पुरस्कार घोषणा स्थगित, भदौका विजेता असोज १ मा सार्वजनिक हुने

    काठमाडौँ– रसुवा र नुवाकोटलाई केन्द्र बनाएर गएको भीषण बाढीका कारण देशले भोगिरहेको विपत्ति र शोकलाई मध्यनजर गर्दै आन्तरिक राजस्व विभागले भदौ १६ गते गर्ने भनिएको करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम स्थगित गरेको छ।

    विभागले चालु आर्थिक वर्षदेखि हरेक महिनाको पहिलो दिन र १६ गते करदाता प्रोत्साहन पुरस्कारका विजेता घोषणा गर्दै आएको थियो। तर बाढीबाट उत्पन्न विपत्ति र शोकको अवस्थालाई ध्यानमा राख्दै यसपटक भदौ १६ गतेको कार्यक्रम स्थगित गरिएको विभागले जनाएको छ।

    आन्तरिक राजस्व विभाग, लाजिम्पाटका अनुसार स्थगित गरिएको १५ दिनको अवधिसहित भदौ महिनाभरिका विजेता आगामी असोज १ गते घोषणा गरिनेछ।

    विभागले करदातालाई प्रोत्साहन गर्ने उद्देश्यले चालु आर्थिक वर्षदेखि नियमित रूपमा उक्त पुरस्कार घोषणा कार्यक्रम सञ्चालन गर्दै आएको छ।