१० खेलाडीमा समेटिएको इंग्ल्यान्ड मेक्सिकोलाई ३–२ ले पराजित गर्दै विश्वकपको क्वाटरफाइनलमा प्रवेश - Chaitanya News
  • 2026-07-06
  • 10:14:43
  • सोमबार,आषाढ २२, २०८३
  • १० खेलाडीमा समेटिएको इंग्ल्यान्ड मेक्सिकोलाई ३–२ ले पराजित गर्दै विश्वकपको क्वाटरफाइनलमा प्रवेश

    १० खेलाडीमा समेटिएको इंग्ल्यान्ड मेक्सिकोलाई  ३–२ ले पराजित गर्दै  विश्वकपको क्वाटरफाइनलमा प्रवेश

    काठमाडौं– गोलको वर्षा, पेनाल्टी, भिएआर, रातो कार्ड र सबै खाले रोमाञ्चकता भएको खेलमा दश खेलाडीमा समेटिएको इंग्ल्यान्डले सहआयोजक मेक्सिकोलाई ३–२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ।

    इंग्ल्यान्डले अब क्वाटरफाइनलमा नर्वेसँग खेल्नेछ।

    राउण्ड अफ ३२ सम्म कुनै गोल नखाई शतप्रतिशत जित निकालेको घरेलु टोली मेक्सिको विश्वकपबाट बाहिरिने दोस्रो आयोजक बनेको छ। अर्को आयोजक टोली क्यानडा पनि अन्तिम १६ बाटै बाहिरिसकेको छ।

    मेक्सिको अज्टेका स्टेडियममा सोमबार विहान सम्पन्न खेलमा इंग्ल्यान्डका लागि जुड बेलिङहमले २ तथा कप्तान ह्यारी केनले १ गोल गरे।

    मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमिनेजले १–१ गोल गरे।