उर्जा मन्त्रालयका एक सय दिनः देखायो ७५ कामको सूची, हेर्नुहोस् पूर्णपाठ - Chaitanya News
  • 2026-07-05
  • 12:55:10
  • आइतबार,आषाढ २१, २०८३
  • उर्जा मन्त्रालयका एक सय दिनः देखायो ७५ कामको सूची, हेर्नुहोस् पूर्णपाठ

    उर्जा मन्त्रालयका एक सय दिनः  देखायो ७५ कामको सूची, हेर्नुहोस् पूर्णपाठ

    काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको एक सय दिन पुरा भएका छन् । मन्त्रालयले १०० दिनमा ७५ वटा काम गरेको विवरण सार्वजनिक गरेको छ।

    वर्तमान सरकार गठन भए पश्चात प्रगति विवरण सार्वजनिक गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले के कस्ता काम भए भनेर ७५ वटा बुँदामा समेटेको हो ।

    जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा विधेयक बनेको, ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति बनाइएको लगायतका विवरण समावेश छ।

    २५ जना शहिदका परिवारका ४१ जनालाई लाई नेपाल विद्युत प्राधिकरण अन्तर्गतका कार्यालयहरूमा करार नियुक्ति उपलब्ध गराइएको विषय पनि उल्लेख छ।

    यसअवधिमा कर्णाली प्रदेशको पूर्ण विद्युतिकरणको लागि कर्णाली विद्युतिकरण आयोजनामार्फत वितरण लाईन विस्तार कार्यको बोलपत्र आव्हान गरिएको छ।